Kathmandu Press

कालीकोटमा गर्भवतीको हेलिकप्टरबाट उद्धार

जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो। 
कालीकोटमा गर्भवतीको हेलिकप्टरबाट उद्धार

कालीकोट, मंसिर ५ : कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो। 

दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत सुत्केरी हुन नसकेकी भट्टराईको उद्दार गरिएको हो।

तीन दिन अघिदेखि सुत्केरी व्यथाले थलिएकी भट्टराईलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए।

प्रकाशित मिति: १४:२४ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्