Kathmandu Press

उद्घाटन खेलमा आयोजक कतार पराजित 

कतारविरुद्ध दुवै गोल इक्वेडरका कप्तान भ्यालेन्सियाले गरेका थिए। उनले खेलको १६ मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए भने दोस्रो गोल ३१ औं मिनेटमा हेडिङर्फत् गरेका हुन्। 
उद्घाटन खेलमा आयोजक कतार पराजित 

काठमाडौं, असोज ५ : इक्वेडरविरुद्ध विश्वकपको उद्घाटन खेलमा आयोजक कतार २–० गोलले पराजित भएको छ। 

कतारविरुद्ध दुवै गोल इक्वेडरका कप्तान भ्यालेन्सियाले गरेका थिए। उनले खेलको १६ मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए भने दोस्रो गोल ३१ औं मिनेटमा हेडिङर्फत् गरेका हुन्। 

आयोजक भए पनि कतारले कुनै पनि बेला आफ्नो प्रभाव छोड्न सकेन। खेलको अन्त्यतिर कतारका मोन्टारीले गोलको असफल प्रयास गरेका थिए।

यसबाहेक इक्वेडरको गोलपोस्टमा कतारले कुनै पनि बेला बलियो प्रहार गरेको भेटिएन। कतारी टिम औसत दर्जाको देखिएको थियो।  

प्रकाशित मिति: ०७:५२ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्