Kathmandu Press

किन फरक छ कतार विश्वकप ?  (भिडियाे)

फुटबलको महाकुम्भ विश्वकप आजबाट कतारमा सुरु हुँदै छ ।

काठमाडाैं, मंसिर ४ : फुटबलको महाकुम्भ विश्वकप आजबाट कतारमा सुरु हुँदै छ । आज साँझ भव्य समारोहबीच विश्वकपको २२औं संस्करणको उद्घाटन हुने छ। विश्वकपको औपचारिक उद्घाटन भएको केही समयपछि आयोजक कतार र इक्वेडरबीचको खेलसँगै उपाधिका लागि ३२ टिमबीचको प्रतिस्पर्धा सुरु हुने छ। विश्वकपका यअसघि २१ संस्करणभन्दा कतार विश्वकप धेरै अर्थमा फरक र भिन्न छ । 

छोटो विश्वकप

पहिलो पटक विश्वकप जाडो मौसममा आयोजना हुँदैछ। र, यो विश्वकप समयावधिका हिसाबले सबैभन्दा छोटो हुनेछ। सामान्यतः ४५ दिनसम्म चल्ने विश्वकप यो पटक २८ दिनमै सकिँदैछ।

यसअघि विश्वकप क्लब फुटबलको सिजन ब्रेकमा हुन्थ्यो भने यो पटक क्लब फुटबलबीचमै रोकेर हुन लागेकाले विश्वकपको समयावधि घटेको हो। 

सबैभन्दा सानो आयोजक 

क्षेत्रफल र जनसंख्याका हिसाबले पनि कतार विश्वकप आयोजना गर्ने सबैभन्दा सानो देश हो ।  कतारको क्षेत्रफल ११ हजार वर्ग किलोमिटर छ।

सानो क्षेत्रफल भएकाले कतारमा विश्वकप हेर्न दर्शकका लागि भने सहज हुनेछ। विश्कवपका लागि तयार गरिएका ८ रंगशाला नजिक नजिक रहेकाले दर्शकलाई एकबाट अर्को रंगशाला पुग्न सहज हुनेछ।  

कतारको अलिहेको जनसंख्या पहिलो पटक विश्वकप आयोजना गर्दाको उरुग्वेको भन्दा कम छ। त्यो वेला उरुग्वे जनसंख्या ३५ लाख हारारारि थियो भने अहिले कतारको जनसंख्या ३० लाख हाराहारि मात्र छ। 

यअसघि कहिल्यै विश्वकप नखेलेको देशको विश्वकप आयोजना गरिरहेको यो पहिलो पटक हो। त्यो सौभाग्य कतारले पाएको छ।
 

महँगो विश्वकप 

सानो देशले आयोजना गरेका यो विश्वकप इतिहासकै महँगो विश्वकप हो । कतारले विश्वकप आयोजनाका लािग २ अर्ब २० अर्ब अमेरिक डलर खर्चिएको छ । कतारले अधिकांश रकम भौतिक पूर्वाधार निर्माणमा खर्चिएको छ। 

यसअघि एक मात्र रंगशाला भएको कतारले विश्वकपका लागि थप ७ वटा नयाँ अत्याधुनिक रंगशाला निर्माण गरेको छ । पुरानो रंगशालालाई पनि पुननिर्माण गरेर अत्याधुनिक बनाएको छ। यस्तै, उसले विश्वकपकै लागि एउटा एयरपोर्ट, मेट्रोलिक, थुप्रै सडक र होटलहरु निर्माण गरेको छ ।

कतारले विश्वकपमा ठूलो धनराशी खर्चिए पनि यो पटक दर्शक पनि उलेख्य आउने अपेक्षा गरिएको छ। ५० लाख हाराहारिमा दर्शक विश्वकप हेर्न कतार पुगे अनुमान गरिएको छ। अन्य देशहरुको तुलनामा कतारमा भिसा प्रक्रिया सहज भएको र हवाई यात्रा पनि सस्तो भएकाले विश्वकपमा धेरै दर्शक आउने अनुमान गरिएको छ।

पहिलो पटक महिला रेफ्री

पुरुष विश्वकप फुटबलमा पहिलो पटक महिला रेफ्रीको प्रयोग गरिँदै छ। कतार विश्वकपमा ३ रेफ्री र ३ सहायक रेफ्री गरी ६ जना महिला रेफ्रीले सहभागीता जनाउने छन्।

No description available.

कतार विश्वकपमा रुवान्डाकी सलिमा मुकान्सान्गा, फ्रान्सकी स्टेफल फ्रापर्ट र जापानकी योसिमा यामासिता रेफ्रीका रुपमा रहँदा ब्राजिलकी नोइज पाक, मेक्सिकोकी करिन डियास मेडिना र अमेरिकाकी क्याथरिन नेसबिट सहायक रेफ्रीका रुपमा छनोट भएकी छिन्। 

एसियाबाट पहिलो पटक ६ राष्ट्र

विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

आयोजक कतार आयोजकले नाताले सिधै छनोट हुँदा जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबियाले छनोट चरण पार गरेका हुन् । अष्ट्रेलिया अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै विश्वकपमा छनोट भएको हो । अष्ट्रेलिया ओसियाना क्षेत्रमा रहे पनि पछिल्लो समय एएफसीको सदस्यता लिएर एसियाबाट खेल्ने गरेको छ । विश्वकपमा पहिलो पटक एसियाबाट कीर्तिमानी ६ टिमले खेल्न लागेको हो ।

यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए । अहिलेका आयोजक कतार बाहेक बाँकी पाँच टिमले रुसमा खेलेका थिए ।

प्रकाशित मिति: १५:०८ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्