Kathmandu Press

टेलिकमको पनि खर्च बढ्यो, नाफा घट्यो

काठमाडौं, माघ २९ : नेपाल टेलिकमको नाफा घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा टेलिकमको नाफामा २.९४ प्रतिशत गिरावट आएको हो । यो अवधिमा टेलिकमले २१ अर्ब....

टेलिकमको पनि खर्च बढ्यो, नाफा घट्यो

काठमाडौं, माघ २९ : नेपाल टेलिकमको नाफा घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा टेलिकमको नाफामा २.९४ प्रतिशत गिरावट आएको हो । यो अवधिमा टेलिकमले २१ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ ।

टेलिकमको भ्वाइस कलमा गिरावट आउँदा समग्र आम्दानीमा असर पारेको हो । ६ महिनाको अवधिमा टेलिकमको भ्वाइस कलतर्फको आम्दानी १५ प्रतिशत गिरावट आएको जनाएको छ । भ्वाई कलतर्फ टेलिकमले १८ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यो अवधीमा कम्पनीले १९ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

टेलिकमको भ्वाइस सेवातर्फको आम्दानी घटे पनि डेटासहित अन्य आम्दानी भने २२ प्रतिशतले बढेको छ । टेलिकमले ६ महिनाको अवधिमा यस्तो आम्दानी तीन अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्ष भने यस्तो आम्दानी दुई अर्ब ६६ करोड रुपैयाँ थियो ।

टेलिकमको खर्च २.१६ प्रतिशतले बढेर १२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । १२ महिनाभित्र देशभरि ‘फोर जी’ सेवा विस्तार गर्ने क्रममा रहेकाले अर्को वर्ष नाफा बृद्धि हुने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: १४:१९ बजे, मंगलबार, माघ २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्