Kathmandu Press

विश्वकपअघिको मैत्रीपूर्ण खेलम बेल्जियम पराजित

जबिर अल अहमद रंगशालमा भएको खेलमा इजिप्टलाई जित दिलाउन मुस्तफा मोहम्मद र ट्रेजुगेटले गोल गर्दा बेल्जियमका लोइस ओपेन्डाले गोल गरेका थिए।
विश्वकपअघिको मैत्रीपूर्ण खेलम बेल्जियम पराजित

काठमाडाैं, मंसिर ३ : विश्वकप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा बेल्जियम पराजित भएको छ। शुक्रबार राति कतारमा भएको खेलमा बेल्जियम इजिप्टसँग २–१ले पराजित भएको हो।

जबिर अल अहमद रंगशालमा भएको खेलमा इजिप्टलाई जित दिलाउन मुस्तफा मोहम्मद र ट्रेजुगेटले गोल गर्दा बेल्जियमका लोइस ओपेन्डाले गोल गरेका थिए।

खेलको ३३औं मिनेटमा मुस्तफाको गोलमा इजिप्टले अग्रता लियो। दोस्रो हाफको पहिलो मिनेटमै ट्रजुगेटले गोल गरेपछि इजिप्टले अग्रता दोब्बर बनायो । ७६औं मिनेटमा ओपेन्डाले गोल गर्दै खेलमा बेल्जियमलाई खेलमा फर्काउने प्रयास गरेपछि त्यसपछि गोल नहुँदा इजिप्ट विजयी भयो।

आइतबारबाट सुरु हुने विश्वकपमा बेल्जियम समूह एफमा छ। उसले नोभेम्बर २४मा क्यानडासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। यता, इजिप्ट भने यो पटक विश्वकपमा छनोट हुन सकेन। 

प्रकाशित मिति: १०:५५ बजे, शनिबार, मंसिर ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्