यस्तो छ नेपाल टि–२० लिगको तालिका
६ टिम सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनको हुने छ। प्रतियोगितामा कुल ३४ खेल हुनेछन्, जसमा लिगका ३० खेल छन्।
काठमाडाै, मंसिर ३ : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टि–२० लिगको तालिका सार्वजनिक गरेको छ। क्यानले् पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज लिग मंसिर २६ देखि पुस १६ सम्म चल्ने छ।
६ टिम सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनको हुने छ। प्रतियोगितामा कुल ३४ खेल हुनेछन्, जसमा लिगका ३० खेल छन्।
लिग चरणमा प्रत्येक दिन दुई खेल हुँदा प्लेअफमा भने १ खेल मात्र हुने छ। कीर्तिपुरस्थित टियू मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज भिड्ने छन्।
लिगका खेल पुस ११ गते सकिने छ। त्यसपछि पुस १२, १३ र १४ प्लेअफका खेल हुँदा फाइनल पुस १६ गते हुनेछ।
प्रतियोगितामा काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी छन्।
यस्तो छ तालिकाः

प्रकाशित मिति: ०९:४८ बजे, शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











