विश्वकपका केही रोचक तथ्य (भिडियाेसहित)
विश्वकपमा सर्वाधिक धेरै सहभागी भएर एउटै पनि खेल नजित्ने टिम बोलिभिया, होन्डुरस र इजिप्ट हुन्। यी तीनै देशले ३ पटक विश्वकप खेल्दा पनि एउटै खेल जित्न सकेका छैनन् ।काठमाडाैं, मंसिर ३ : फिफाले विश्वकप फुटबल सन् १९३० बाट आयोजना गर्न थालेको हो। प्रत्येक ४ वर्षमा हुने विश्वकपको पहिलो संस्करण उरुग्वेमा भएको थियो, र उपाधि पनि उसैले जितेको थियो।
विश्वकपको २२औं संस्करण भोलिबाट कतारमा सुरु हुँदै छ।
विश्वकप सुरु भएको एकता शताब्दी पुग्न लाग्दा धेरै नयाँ र रोचक रेकर्ड बनिसकेका छन्। ती मध्ये केही रोचक तथ्यहरु यस्ता छन्ः
पाँच विश्वकप खेल्ने खेलाडी
अहिलेसम्म तीन जना खेलाडीले मात्र पाँच वटा विश्वकप खेल्ने सौभाग्य पाएका छन् । तीमध्ये दुई जना मेक्सिकोका छन् भने एक जर्मनीका छन्।
मेक्सिकोका खेलाडीद्वय एन्टोनियो क्याबजल र राफेल माक्र्वेजले पाँच वटा संस्करण खेल्दा जर्मनीका लोथर म्याथ्युसले पनि उनीहरुसँगै छन् ।

क्याबजल सन् १९५०, १९५८, १९६२ र १९६६ का संस्करणमा खेलेका थिए भने राफेल २००२, २००६, २०१०, २०१४ र २०१८ मा मेक्सिको बाट विश्वकप खेलेका थिए । संस्करणमा सहभागी थिए। म्याथ्युसले १९८२, १९८६, १९९०, १९९४ र १९९८ का संस्करणमा खेलेका थिए।
यस्तै, इटालीका गोलकिपर जियानलुजी बुफनले पनि ५ विश्वकपमा सहभागीता जनाएका छन्। सन् २००२ देखि २०१४ सम्म लागातार ४ विश्वकप खेलेका उनले १९९८ को विश्वकपमा टिम रहे पनि खेल्न भने पाएका थिएनन्।
कतार विश्वकपमार्फत अन्य तीन खेलाडीले पनि यो उपलिब्ध भेट्टाउने छन्। जसमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी तथा मेक्सिकोका आन्द्रेस ग्वार्डाडो छन्।
सर्वाधिक गोल गर्ने क्लोस
विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोसको नाममा छ । उनले सन् २००२ देखि २०१४ सम्म चार विश्वकपमा २४ खेल खेल्दै १६ गोल गरेका छन्।
उनले सन् २००२ र २००६ मा ५–५ गोल गरेका थिए भने सन् २०१०मा ४ गोल गरेका थिए । ३६ वर्षको उमेरमा सन् २०१४ मा विश्वकप खेल्न ब्राजिल पुगेका उनले त्यहाँ २ गोल गर्दै ब्राजिलकै रोनाल्डोको कीर्तिमान तोडेका थिए।

१० गोल गरेका जर्मनीका थोमस मुलर, ७ गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र उरूग्वेका लुइस सुआरेज तथा समान ६ गोल गरेका अर्जेन्टिनाका लियोनल मेसी र ब्राजिलका नेमारले क्लोसलाई भेट्टाउन सक्ने छन्। तर, यी चारै खेलाडीको सम्भवतः यो अन्तिम विश्वकप हो, त्यसैले यही विश्वकपमा उनीहरुले क्लोसको कीर्तिमान भेट्टाउन निकै कठीन हुनेछ।
६० वर्षपछि स्पेनको सेमिफाइनल यात्रा
विश्वकप इतिहासमा सबैभन्दा धेरै पटक आमने–सामने हुने टिम अर्जेन्टिना र जर्मनी हुन् । यी दुई टिम ३ फानलसहित कुल ७ पटक विश्वकपमा भिडेका छन्। यस्तै, ब्राजिल र स्वीडेन विश्वकपमा ६ पटक भिडेका छन्।
लगातार विश्वकप उपाधि जित्ने टिम इटाली र ब्राजिल हुन् । इटालीले सन् १९३४ र ३८ मा लागतार दुई पटक उपाधि जित्दा ब्राजिलले सन् १९५८ र ६२ मा उपाधि जितेको थियो।

विश्वकपका लागतार तीन फाइनल खेल्ने टिम जर्मनी र ब्राजिल हुन् । जर्मनीले सन् १९८२–१९९० तथा ब्राजिलले सन् १९९४–२००२ सम्म लागतार तीन फाइनल खेलेका थिए। सन् २००२ देखि २०१४ बीचमा जर्मनीले ४ पटक विश्वकप टप ३ मा रहेर सकाएको छ।
विश्वकपको उपाधि लामो समयसम्म होल्ड गर्ने टिम इटाली हो । उसले १० जुन १९३४ देखि १६ जुलाई १९५० उपाधि होल्ड गरेको थियो। १९३४ र ३८ को उपाधि जितेको इटालीले त्यसपछि दोस्रो विश्वयुद्धका लागि २ पटक विश्वकप नहुँदा यो कीर्तिमान बनाएको हो। इटाली १६ वर्ष १ महिना, ६ दिनसम्म विश्व विजेता रहेको थियो।
सर्वाधिक लामो समयपछि विश्व च्याम्पियन बन्ने टिम पनि इटाली नै हो । सन् १९३८ पछि च्याम्पियन बन्न इटालीले ४४ वर्ष प्रतिपक्षा गर्नुपरेको थियो। उसले तेस्रो विश्वकप उपाधि १९८२ मा जितेको थियो।
सन् १९५० मा विश्वकप खेलेको वेल्स त्यसको ६४ वर्षपछि कतार विश्वकप खेल्दै छ। यो विश्वकप सहभागीताको सबैभन्दा लामो समयको अनुपस्थिति हो। यस्तै सन् २०१०मा स्पेनले ६० वर्षपछि सेमिफाइनल यात्रा तय गरेको थियो । यो पनि कीर्तिमान नै हो।
च्याम्पियन आयोजक, समेमिफाइनलमा अपराजित अर्जेन्टिना
विश्वपकप इतिहासमा अहिलेसम्म ६ आयोजक टिम च्याम्पियन बनेका छन्। जसमा उरुग्वे सन् १९३०, इटाली १९३४, इंग्ल्यान्ड १९६६, जर्मनी १९७४, अर्जेन्टिना, १९७८ र फ्रान्स १९९८ मा च्याम्पियन बनेका थिए । यस्तै, आयोजकका रुपमा सबैभन्दा खराब प्रदर्शन गर्ने टिम दक्षिण अफ्रिका हो। सन् २०१०को विश्वकप आयोजना गरेको उ सहभागी टिमको २०औं स्थानमा थियो।

विश्वकपको फाइनलमा पराजित एक्लो टिम उरुग्वे हो । उसले दुई पटक फाइनल खेल्दा दुवै पटक उपाधि जितेको छ। यस्तै, सेमिफाइनलमा अपराजित एक्लो टिम अर्जेन्टिना हो । ५ पटक सेमिफाइनल खेलेको उ पाँचै पटक विजयी भएको छ। यस्तै, क्वार्टरफाइलनमा अपराजित हुने टिम क्रोएसिया, पोर्चुगल र अस्ट्रिया हुन्। यिनीहरुले २ पटक क्वार्टरफाइनल खेल्दा दुवैमा जित निकालेका छन्।
तीन विश्वकप, जित शुन्य
विश्वकपमा सर्वाधिक धेरै सहभागी भएर एउटै पनि खेल नजित्ने टिम बोलिभिया, होन्डुरस र इजिप्ट हुन्। यी तीनै देशले ३ पटक विश्वकप खेल्दा पनि एउटै खेल जित्न सकेका छैनन् ।
यस पटक यी तीनै देश विश्वकपमा छनोट हुन सकेनन्। १६ पटक विश्वकप खेलिसकेको मेक्सिको अहिलेसम्म सेमिफाइनल पनि पुग्न सकेको छैन। यो पटक मेक्सिको १७औं विश्वकप खेल्न लागिरहेको छ।
विश्वकपमा ह्याट्रिक
विश्वकप इतिहासमा अहिलेसम्म ५३ ह्याट्रिक भएका छन्। जसमा सर्वाधिक ७ ह्याट्रिक जर्मनीको नाममा छ। हंगेरीको नाममा पाँच र अर्जेन्टिनाको नाममा चार ह्याट्रिक छन्।
एउटै विश्वकपमा २ ह्याट्रिक गर्ने खेलाडी हेंगेरीका सान्डोर कसिस, फ्रान्सका जस्ट फन्टेन र जर्मनीका जर्ग मुलर हुन्। कसिसले सन् १९५४, फन्टेनले १९५८ र मुलरले १९७०मा यो उपलब्धि हासिल गरेका थिए । फन्टनेले १९५८मा १३ गोल गर्दै एकै संस्करणमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका थिए।

दुई विश्वपक दिलाउने पोजो
दुई पटक विश्वकप उपाधि जित्ने प्रशिक्षक इटालीका भिटोरियो पोजो हुन् । उनले सन् १९३४ र ३८मा इटालीलाई उपाधि दिलाएका थिए ।
यस्तै, खेलाडी र प्रशिक्षकमा रुपमा विश्वकप उपाधि जित्ने सौभाग्य फ्रान्सका डिडियर डेसच्याम्पले पाए। उनले खेलाडीका रुपमा सन् १९९८ र प्रशिक्षकमा रुपमा सन् २०१८मा विश्वकप उपाधि जितेका थिए।
यस्तै, एक शताब्दी लामो विश्वकप इतिहासमा विदेशी प्रशिक्षक राखेका कुनै पनि टिम अहिलेसम्म च्याम्पियन बन्न सकेका छैन् । कतार विश्वकपमा अधिकांश दाबेदार र ठूला टिमले आफ्नै देशका प्रशिक्षक राखेका छन्।
र, याे पनि











