Kathmandu Press

विश्वकपमा युरोपियन क्लबको दबदबा, बायर्न, सिटी र बार्सिलोनाका सर्वाधिक १६ खेलाडी

विश्वकपमा इंग्लिस प्रिमियर लिगका सर्वाधिक १३७ खेलाडी खेल्ने छन् भने ला लिगाका ८३, बुन्डेस लिगाका ७६ खेलाडी पनि विश्वकपका लागि अहिले कतारमा छन् ।
विश्वकपमा युरोपियन क्लबको दबदबा, बायर्न, सिटी र बार्सिलोनाका सर्वाधिक १६ खेलाडी

काठमाडौं, मंसिर २ : विश्वकप फुटबलको २२औं संस्करण दुई दिनपछि कतारमा सुरु हुँदैछ । विश्वकप पहिलो पटक विन्टरमा हुन लागेको हो । 

क्लब फुबटल बीचमै रोकेर विश्वकप हुन लागेको हो । करिब १ महिनासम्म चल्ने प्रतियोगितामा सहभागी ३२ देशका अधिकांश खेलाडी युरोपमा क्लब फुटबल खेल्ने गर्छन् । 

विश्वकपको दाबेदार मानिएका दक्षिण अमेरिकी देश ब्राजिल र अर्जेन्टिनामा युरोपमा क्लब फुटबल खेलिरहेकै खेलाडीको दबदबा छ। यी दुईलाई विश्कवपको दाबेदार मान्नुमा उनीहरुकै योगदान छ। यता, फ्रान्स, इंग्ल्यान्ड, स्पेन, जर्मनी जस्ता दाबेदार देशमा युरोपका ठूला लिग खेल्ने खेलाडीकोका बाहुल्यता हुनु स्वभाविक नै हो।

विश्वकपमा इंग्लिस प्रिमियर लिगका सर्वाधिक १३७ खेलाडी खेल्ने छन् भने ला लिगाका ८३, बुन्डेस लिगाका ७६ खेलाडी पनि विश्वकपका लागि अहिले कतारमा छन् । यस्तै, सिरि एका ७६, लिग वानका ५४, मेजर लिग सकरका ४५, साउदी प्रो लिग र कतार स्टार्स लिगका समान ३३ खेलाडीले विश्वकप खेल्दा इएफएल च्याम्पियनसिपका २६ र लिग म्याक्सका २३ खेलाडीले पनि कतार विश्वकप खेल्ने पक्का छ।

जर्मन क्लब बायर्न म्युनिखको इंग्लिस क्लब म्यान्चेस्टर सिटी र स्पेनिस क्लब बार्सिलोनाका समान १६ खेलाडी कतार पुगेका छन्। यसअघि बार्यनका १७ खेलाडी कतार पुगेपछि साडियो माने घाइते भएपछि उसका १६ खेलाडीले मात्रै विश्वकप खेल्ने पक्का भएको हो। 

यस्तै, आयोजक कतारको क्लब अल सादबाट १५ खेलाडीले विश्वकप खेल्दै छन्। त्यसमध्ये १३ खेलाडी कतारको टिममा छन् भने एक खेलाडी दक्षिण कोरियाका छन् ।

यस्तै म्यान्चेस्टर युनाइटेडका १४ खेलाडीले कतार विश्वकप खेल्दा रियल मड्रिड र चेल्सीका समान १३ खेलाडीले कतार पुगेका छन् । यस्तै स्पेनिस क्लब एट्लेटिको मड्रिड तथा साउदी अरेबियाको अल लिलाका १२ का १२ खेलाडी पनि विश्वकपका लािग राष्ट्रिय टिममा परेका छन्। 

कतार विश्वकपमा ५ टिमका समान ११ खेलाडीले विश्वकप खेल्दै छन् । जसमा फ्रेन्च क्लब पिएसजी, इंग्लिस क्लब टोटनहम, इटालियन क्लब युभेन्टस, जर्मन क्लब बोरुसिया डर्टमन्ड, डच क्लब आयाक्स छन्।

कुन क्लबबाट को–को खेल्दै छन् विश्वकप ?

बार्यन म्युनिख : इमानुअल नुयर, लियो गोर्टेज्का, सर्ज गनाब्री, लिरोए साने, जमाल मुसियाला, जोसुवा किमिच, थोमस मुलर (जर्मनी), लुकास हर्नान्डेज, डायोट उपमेकानो, बेन्जामिन पभार्ड, किन्स्ले कोमन(फ्रान्स), इरिक मेक्सिम चुपो मोडिङ (क्यामरुन), अल्फन्सो डेविस (क्यानडा), जोसिप स्टानिच (क्रोएसिया), नोसइर मसरावी (मोरक्को), म्याथिस डि लिग्ट (नेदरल्यान्ड्स) ।

बार्सिलोना :  सर्जियो बुस्केट्स, जोर्डी अल्बा, अन्सु फाटी, एरिक गार्सिया, गाभी, पेड्री, फेरान टोरेस (स्पेन), फ्रेन्की डे याेङ, मेम्फिस डिपे (नेदरल्यान्ड्स), एन्ड्रेस क्रिस्टिनसन (डेनमार्क), उस्माने डेम्बेले (फ्रान्स), जुल्स कुन्डे (फ्रान्स), रोबर्ट लेवान्डोस्की (पोल्याण्ड), राफिन्हा (ब्राजिल), टेर स्टेगेन (जर्मनी), रोनाल्ड अराैजो (उरुग्वे) ।

म्यान्चेस्ट सिटी : जोन स्टोन्स, काइल वाकर, केल्भिन फिलिप्स, फिल फोडेन, ज्याक ग्रेलिस (इंग्ल्याण्ड), जोआओ क्यान्सेलो, बर्नार्डो सिल्भा, रुबेन डियास (पोर्चुगल), अमेरिक लापोर्टे, रोड्री (स्पेन), म्यानुअल अकान्जी (स्वीजरल्याण्ड), नाथन एकेइ (नेदरल्याण्ड्स), केभिन डे ब्रुइन (बेल्जियम), एडर्सन (ब्राजिल), इल्के गुन्डोगान (जर्मनी), जुलियन अल्भारेज (अर्जेन्टिना)।

अल साद : साद अल शीब, मेशाल बरशाम, पेड्रो मिगुएल, मुसाब खिदिर, तारेक सलमान, बोउलेम खौखी, अब्देलकरिम हसन, अली असद, मोहम्मद वाद, सलेम अल हजरी, मुस्तफा मेसल, हसन अल हेडोस, अक्रम अफिफ (कतार), आन्द्रे आयव (घाना), जुङ वु(यंग (दक्षिण कोरिया)।

म्यान्चेस्टर युनाइटेड :  एन्टोनी, कासेमिरो, एलेक्स टेलेस, फ्रेड (ब्राजिल), डिओगो डालोट, ब्रुनो फर्नान्डिस, क्रिस्टियानो रोनाल्डो (पोर्चुगल), ह्यारी मागुइरे,लुक श, मार्कस रासफोर्ड (इंग्ल्याण्ड), क्रिस्टियन एरिक्सन (डेनमार्क), टायरेल मलासिया (नेदरल्याण्ड), फाकुन्डो पेलिस्ट्री (उरुग्वे), राफेल भराने (फ्रान्स)।

रियल मड्रिड : एडर मिलिटो, भिनिसियस जुनियर, रोड्रिगो (ब्राजिल), करिम बेन्जेमा, एडुआर्डो कामाभिङ्गा, ओरेलियन चुअमेनी (फ्रान्स), मार्को एसेन्सियो, ड्यानी कार्भाजल (स्पेन), थिबाउट कोर्टुवा, इडेन हाजार्ड (बेल्जियम), लुका मोड्रिच (क्रोएसिया), एन्टोनियो रुडिगर (जर्मनी), फेडेरिको भाल्भर्डे (उरुग्वे)।

चेल्सी : मेसन माउन्ट, कोनोर गाल्घर, रहिम स्टर्लिङ (इंग्ल्याण्ड), एडुआर्ड मेन्डी (सेनेगल), कालिडो कौलिबाली (सेनेगल), क्रिस्चियन पुलिसिक (अमेरिका), एथन अम्पाडु (वेल्स), सेजर एजपिलिक्युटा (स्पेन), काई हाभर्ट्ज (जर्मनी), हाकिम जियेच (मोरक्को), माटेओ कोभासिच (क्रोएसिया), थियागो सिल्भा (ब्राजिल), डेनिस जाकारिया (स्वीजरल्याण्ड)।

अल हिलाल : मोहम्मद अल(ओवैस, यासेर अल(शहरानी, अली अल(बुलाईही, मोहम्मद अल(ब्रेक, साउद अब्दुलहमिद, सलमान अल फराज, मोहम्मद कन्नो, अब्दुल्लाह अल(मल्की, अब्दुल्लाह ओताफ, नासेर अल(दौसारी, सलेम अल(दौसारी, सालेह अल(शेहरी (साउदी अरब)।

एट्लेटिको मड्रिड : मार्कोस लोरेन्टे, कोके, अल्भारो मोराटा (स्पेन), नहुएल मोलिना, एन्जल कोरेया, रोड्रिगो डे पाउल(अर्जेन्टिना), एक्सेल विट्सेल, यानिक कारास्को (बेल्जियम), एन्टोइन ग्रिजम्यान (फ्रान्स), जोआओ फेलिक्स (पोर्चुगल), इभो ग्ब्रिक (क्रोएसिया), जोसे मारिया गिमेनेज (उरुग्वे) ।

पिएसजी : डानिलो परेरा, नुनो मेन्डेस, भिटिन्हा (पोर्चुगल), मार्किन्होस, नेमार (ब्राजिल), कार्लोस सोलर, पाब्लो साराबिया (स्पेन), लियोनल मेस्सी (अर्जेन्टिना), केलियन एमबाप्पे (फ्रान्स), केलोर नाभास (कोस्टारिका), अचरफ हाकिमी (मोरक्को) ।

युभेन्टस : ब्रेमर, डानिलो, एलेक्स सान्ड्रो (ब्राजिल), लिएन्ड्रो परेडेस, एन्जेल डि मारिया (अर्जेन्टिना), वोज्सिच स्जेस्नी, अर्काडिउस मिलिक (पोल्यान्ड), डुसान भ्लाहोभिच, फिलिप कोस्टिक (सर्बिया), एड्रियन राबियोट (फ्रान्स), वेस्टन म्याकेनी (अमेरिका) ।

टोटनहम : एरिक डायर, ह्यारी केन (इंग्ल्यान्ड), रिचार्लिसन (ब्राजिल), क्रिस्टियन रोमेरो (अर्जेन्टिना), इभान पेरिसिक (क्रोएसिया), पियरे(एमिल होजाबर्ग (डेनमार्क), ह्युगो लोरिस (फ्रान्स), पापे माटर सार (सेनेगल), सन ह्युङ मिन (दक्षिण कोरिया), रोड्रिगो बेन्टानकुर (उरुग्वे), बेन डेभिस (वेल्स)।

बोरुसिया टर्डमन्ड : निकेलस सुएल, निको स्लोटरबेक, जुलियन ब्रान्ड, युसुफा मोकोको, करिम अडेमी (जर्मनी), थोरगन हाजार्ड, थोमस म्युनियर (बेल्जियम), जुड बेलिङ्घम (इङ्ल्यान्ड), राफेल गुरेइरो (पोर्चुगल), ग्रेगर कोबेल (स्विट्जरल्याण्ड), गिओ रेयान (अमेरिका) । 

आयाक्स :  रेम्को पास्वीर, डेली ब्लाइन्ड, जुरिन टिम्बर, स्टेवन बर्गुइस, डावी क्लासेन, केन्नेथ टेलर, स्टेवन बेर्गविन (नेदरल्यानड्स), जोर्गे सान्चेज, इडसन अल्भारेज (मेक्सिको), मोहम्मद कुडुस (घाना), डुसान टाडिच (सर्बिया)। 

प्रकाशित मिति: १७:०० बजे, शुक्रबार, मंसिर २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्