Kathmandu Press

युएईविरुद्धको एकदिवसीय श्रृंखला नेपाललाई 

शुक्रबार भएको अन्तिम खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृंखला जितेको हो । 
युएईविरुद्धको एकदिवसीय श्रृंखला नेपाललाई 

काठमाडौं, मंसिर २ : युएइविरुद्धको एकदिवसीय श्रृंखला नेपालले जितेको छ ।

शुक्रबार भएको अन्तिम खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृंखला जितेको हो । 

नेपाललाई सहज जित दिलाउन ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको सतकीय साझेदारी महत्वपूर्ण रह्यो । युएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर १८० रन बनायो । अन्तिम बलमा आसिफले चौका प्रहार गरेका थिए।  

आसिफले अविजित ८८ रन बनाउन १२ चौका प्रहार गरे । उनीसँग उत्कृष्ट साझेदारी निभाएका मल्लले ७३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । ज्ञानेन्द्रको विकेटपछि मैदान आएका कप्तान रोहित कुमार पौडेलले १० रन बनाए । ओपनर अर्जुन साउदले ९ रनमात्र बनाए । 

टिस जितेको नेपालले फिल्डिङ रोजेपछि युएई बलिङमा आएको थियो । सुरुवातमा निकै फितलो प्रदर्शन गरेको युएईलाई  आयान अफ्जल खान र हजराल बिलालको साझेदारीले लयमा फर्काएको थियो । संकटमा देखिएको टिमलाई लयमा फर्काउन खान र बिलालले ८३ रनको साझेदारी गरे ।  

व्यक्तिगत रुपमा खानले ५३ रन बनाउँदा बिलालले २० रन बनाए । ६९ बल खेलेका  अलिसान सर्राफुले ३३ रन बनाउँदा रोहन मुस्ताफा र मोहम्मद वासिमले क्रमशः २४ र ११ रनको योगदान गरेका थिए । 

नेपालका लागि गुल्सन झा, दिपेन्द्र सिं ऐरि र कुशल भुर्तेलले समान दुईदुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले एकएक विकेट लिए । 
तीन खेलको श्रृङखलामा पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईलाई तीन विकेटले हराउँदै श्रृङखला बराबरी गरेको थियो ।

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, मंसिर २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्