Kathmandu Press

त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गर्ने ४० जना पक्राउ 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार जारी खेलमा बल टु बल सट्टोजी गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले ४० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको हो। 
त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गर्ने ४० जना पक्राउ 

काठमाडौं, मंसिर २ : नेपाल र युएइको एकदिवसीय क्रिकेटमा सट्टेबाजी गर्ने ४० जनाभन्दा बढी पक्राउ परेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार जारी खेलमा बल टु बल सट्टोजी गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले ४० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको हो । 

क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
 
पक्राउ पर्नेको साथबाट मोबाइल र नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई कीर्तिपुर प्रहरी वृत्तमा राखेर स्क्रिनिङको काम भइरहेको प्रहरीले जानकारी दिएको छ । 

 

प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, मंसिर २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्