मानेले विश्वकप गुमाए

काठमाडौं, मंसिर २ : सेनेगलका स्टार स्ट्राइकर साडियो मानेले कतार विश्वकप गुमाउने भएका छन् । घाइते अवस्थामै टिममा राखिएका मानेले विश्वकप सुरु हुनै लाग्दा विश्वकप गुमाउने पक्का भएको हो ।
मानले बुन्डेस लिगको अन्तिम खेलमा घाइते भएका थिए । रिकभरीको आशा राख्दै सेनेगलले उनलाई विश्वकपको २६ सदस्यीय टिममा राखेको थियो ।
तर, बिहीबार गरिएको एमआरआईमा उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने देखिएपछि मानेले विश्वकप गुमाउने पक्का भएको हो।
मानेको बहिर्गमनसँगै सेनेगललाई ठूलो धक्का लागेको छ। सेगेनल मानेकै बलमा दोस्रो विश्वकपका लागि छनोट भएको थियो।
समूह एमा रहेको सेनेगलले पहिलो खेल बलियो नेदरल्यान्डससँग नोभेम्बर २१ मा खेल्ने छ । यो समूहमा कतार र इक्वेडर पनि छन्।
प्रकाशित मिति: १०:३७ बजे, शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











