एकदिवसीय क्रिकेट : यूएईविरुद्ध नेपाल खेल्दै
बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू हुने खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र यूएईबीचको यो खेल श्रृंखलाको निर्णायक खेल हो।
काठमाडौं, मंसिर २ : घरेलु टोली नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शुक्रवार यूएईसँग तेस्रो तथा अन्तिम प्रतिस्पर्धा गर्दैछ।
बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू हुने खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र यूएईबीचको यो खेल श्रृंखलाको निर्णायक खेल हो।
यसअघि भएका खेलमा नेपाल र यूएई १–१ को बराबरीमा छन्। पहिलो खेलमा यूएई ले नेपाललाई ८४ रनले हराएको थियो। दोस्रो खेलमा नेपालले ३ विकेटको जित हात पारेको थियो।
दुवै टोली श्रृंखलामा २–१ को जित हात पार्ने दाउमा रहेका छन्।
प्रकाशित मिति: ०७:२६ बजे, शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार