Kathmandu Press

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनबाट पारित

काठमाडौं, पुस ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाउस अफ रिप्रिजेन्टिभ (तल्लो सदन)ले महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ ।

अब यो म....

अब यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ । तर माथिल्लो सदनमा उनकै पार्टीका सदस्यहरूको बाहुल्य रहेकोले उनी पदबाट हट्ने सम्भावना भने देखिँदैन।

यो सँगै उनी अमेरिकी इतिहासमा महाअभियोग लगाइन लागेका तेश्रा राष्ट्रपति बनेका छन्। तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ।

ट्रम्पलाई महाअभियोग लगाउने कि नलगाउने भन्ने बारेमा भएको मतदानमा ट्रम्पको विपक्षमा २३० भोट खसेको थियो भने पक्षमा १९७ मत खसेको थियो। मतदानमा अधिकाशं डेमोक्रयाटहरूले ट्रम्पको विपक्षमा र रिपब्लिकनहरूले उनको पक्षमा मतदान गरेका थिए।

प्रकाशित मिति: ०८:५६ बजे, बिहीबार, पुस ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्