Kathmandu Press

काठमाडौं–१० : कांग्रेस र माओवादीबीच मित्रवत् प्रतिस्पर्धा, एमालेलाई लाभ 

स्थानीय निर्वाचनको नतिजालाई आधार मान्दा काठमाडाैं-१० मा कांग्रेस बलियो देखिन्छ।
काठमाडौं–१० : कांग्रेस र माओवादीबीच मित्रवत् प्रतिस्पर्धा, एमालेलाई लाभ 

काठमाडौं, मंसिर १ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं १० मा १८ उम्मेदवार चुनावी मैदान भए पनि ठुला दलमध्ये नेपाली कांग्रेसबाट राजेन्द्रकुमार केसी (राजन), नेकपा माओवादी केन्द्रबाट अन्जना विशंखे र नेकपा एमालेका तर्फबाट हिमेश केसी मुख्य प्रतिस्पर्धामा छन्। 

काठमाडाैं- १० बाट तेस्रो जित हासिल गर्ने लक्ष्यका साथ अघि बढेका राजेन्द्रका लागि हिमेश र अन्जना चुनौती बनेका छन्। लोकतान्त्रिक वाम गठबन्धन कायम रहे पनि त्यसका दुई घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आपसमा जुधिरहँदा आफूलाई जितका लागि कुनै समस्या नपर्ने राजेन्द्रको भनाइ छ।

२०७० मा सम्पन्न दोस्रो संविधानसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएर चर्चामा आएका उनले २०७४ मा पनि माओवादी केन्द्रका हितमान शाक्यलाई पराजित गरेका थिए। २०७४ मा २४ हजार १९० मत प्राप्त गरी राजेन्द्र विजयी हुँदा शाक्यको पक्षमा २१ हजार ९०७ मत परेको थियो। पहिला वाम गठबन्धन रहँदा समेत जितेका राजेन्द्र यसपटक पनि जित्नेमा ढुक्क छन्। 

Hardik ivf

गत स्थानीय निर्वाचनको नतिजालाई आधार मान्दा पनि कांग्रेस बलियो देखिन्छ। त्यतिबेला कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले २४ हजार ६७५ मत प्राप्त गर्दा एमाले वडाध्यक्षहरूको पक्षमा १८ हजार ८३८ मत परेको देखिन्छ। माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारहरूले पनि ४ हजार ९४२ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ४९६ र नेकपा एकीकृत समाजवादी पार्टीले पनि १ हजार ३४२ मत ल्याएका छन्। 

अन्जना दक्षिणकाली जाने सडक निर्माण गर्ने, कीर्तिपुरवासीलाई सहज तरिकाले खानेपानी प्राप्त गर्ने व्यवस्था मिलाउने भन्दै मतदातालाई फकाउँदै छिन्। केसी तीन दशकदेखि आफूले मतदाताको दुःखसुख बुझ्दै आएका कारण फेरि जितिने बताउँछन्।

एमालेका हिमेश काठमाडौं १० का बासिन्दाले भोग्दै आएको पानीको अभाव पूर्ति गर्ने, विकास निर्माणको लहर ल्याउने एजेन्डा बोकेर हिँडेका छन्। जनताले विकल्प खोजेकाले आफूले जित्नुपर्ने उनको भनाइ छ। मतदाताले मुख्य विकल्पका रूपमा एमालेलाई बनाउने विश्वास उनले लिएका छन्। 

२०५८ देखि एमालेमा सक्रिय हिमेशले एमालेको जनवर्गीय संगठन युवा संघमा लामो समय काम गरेका छन्। यसपटक जितेर एमालेको विरासत फर्काउने ध्याउन्नमा उनी छन्। युवाका एजेन्डासमेत बोकेर हिँडेको बताउने उनी जनताका जल्दाबल्दा समस्या समस्या समाधानमा लागिपर्ने भन्दै घरदैलोमा मत मागिरहेका छन्।

यीबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट बलराम थापा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट नारायण महर्जन, मौलिक जरोकिलो पार्टीबाट सुजना बर्तौलालगायत छन्। स्वतन्त्रबाट राजकुमार थापा, रामबाबु ठाकुर, तिलकबहादुर रिजाल उम्मेदवार छन्। 

याे पनि

 

काठमाडौं–१ : चौथो जितको दाउमा रहेका सिंहलाई मिश्र र कँडेल चुनौती 

काठमाडौं–२ : एमालेका स्थानीय उम्मेदवारसँगको प्रतिस्पर्धामा ओनसरी कति सुरक्षित ?

काठमाडौं–३ : बजगाईँले उम्मेदवारी निष्क्रिय गरेपछि गठबन्धनका चालिसेलाई सहज 

काठमाडौं–४ : गठबन्धनले गगन ढुक्क, एमालेकै गढमा राजन असुरक्षित

काठमाडौं–५ : कांग्रेसको विरासत फिर्ता गर्न पौडेललाई कति सहज ?

काठमाडौं–६ : ह्याट्रिक गर्ने प्रधानको दाउ, पहिलोपटक संसद छिर्ने पूर्वआइजिपी खनालको प्रयत्न  

काठमाडौं ७ : दुई पूर्वमन्त्री र पाका नेता घिमिरे मानुषीका चुनौती

काठमाडौं–८ : जीवनरामलाई एमालेको डर, गठबन्धनको भर

काठमाडौं–९ : आमन्त्रित कल्पनालाई गठबन्धनले सहज, कृष्णगोपाल र मिलन पाण्डे चुनौती 

प्रकाशित मिति: १०:५७ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्