अञ्जनको गोलमा पकिस्तानविरुद्ध नेपालको जित
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले ८३औं मिनेटमा अग्रता लिएको थियो।
काठमाडाैं, कात्तिक ३० : पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–०ले पराजित गरेको छ।
नेपलाको जितमा अञ्जन विष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले ८३औं मिनेटमा अग्रता लिएको थियो।
अञ्जनले ८३औं मिनेटमा सुनिल बलको पासमा गोल गरेका थिए । यही गोल नेपालको जितका लागि पर्याप्त भयो ।
पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षक बनेका प्रवेश कटुवालले पनि पहिलो खेलमै जित आत्मसाथ गरे।
दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानको यो पहिलो खेल हो ।
यही खेलमार्फत मिडफिल्डर आवास लामिछानेले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । उनी ५७औं मिनेटमा सेसेहाङ आङदम्बेको स्थानमा मैदान प्रवेश गरेका थिए।
प्रकाशित मिति: १९:०७ बजे, बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











