विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नैपर्ने, यसअघिको आदेश खारेज
बुधबार सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएकाे छ ।
काठमाडौं, कात्तिक ३० : विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क बापतको पाँच सय रुपैयाँ तिर्नैपर्ने भएको छ । बुधबार सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएकाे छ ।
न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यस्तो आदेश गरेसँगै विश्वकपको प्रत्यक्ष प्रसारणलाई लिएर भएको अन्योल अन्त्य भएको छ ।
आदेशसँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएको छ।
नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको थियो। आफूले तिरेको रकमको केही अंश दर्शकबाट उठाउने भन्दै उसले लाइभ हेर्नका लागि निश्चित शुल्क तोक्ने तयारी गरेको थियो।
बिश्वकप फुटवल निःशुल्क देखाउनुपर्ने जिकिर गर्दै दुई अधिवक्ताले सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रकाशित मिति: १७:२० बजे, बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











