एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’
काठमाडौं, पुस २ : एनसेलले आफ्ना प्रिपेड ग्राहकलाई अबदेखि एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सस्तो दरमा असिमित भ्वाइस ....

काठमाडौं, पुस २ : एनसेलले आफ्ना प्रिपेड ग्राहकलाई अबदेखि एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सस्तो दरमा असिमित भ्वाइस प्याकेज ल्याएको छ।
एनसेलले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ प्याकेज अन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्क भित्र रहेका आफ्ना साथीभाई तथा आफन्तसँग बेलुका १० बजे देखि विहान ६ बजेसम्म कर बाहेक दश रुपैयामा असिमित कुराकानी गर्न सकिनेछन् ।
यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहिबारदेखि सुरु भएको छ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले *१७११८*३# डायल गरि यो प्याकेज एक्टिभेट गर्न सक्नेछन्। त्यस्तै एसएमएस मार्फत NU टाईप गरी १७११८ मा पठाउन सक्नेछन्। यो अभियान चैत ४ गतेसम्म कायम रहनेछन्।










-1754206481.jpg)
