Kathmandu Press

एनकुन्कुले गुमाए विश्वकप

एनकुन्कुको खट्टामा चोट लागेको बताइएको छ। कतारमा प्रशिक्षणका क्रममा इडवार्ड कामाविंगाको ट्याकलमा उनी घाइते भएका हुन्।
एनकुन्कुले गुमाए विश्वकप

काठमाडौं, कात्तिक ३० : फ्रेन्च स्ट्राइकर क्रिस्टोफर एनकुन्कुले कतार विश्वकप गुमाउने भएका छन्। प्रशिक्षणका क्रममा चोट बोकपछि उनले कतार विश्वकप गुमाउने भएका छन्।

एनकुन्कुको खट्टामा चोट लागेको बताइएको छ। कतारमा प्रशिक्षणका क्रममा इडवार्ड कामाविंगाको ट्याकलमा उनी घाइते भएका हुन्।

फ्रेन्च फुटबल फुटबल फेडेरेसनले पनि एनकुन्कुले विश्वकप गुमाउने पुष्टी गरेको छ। विश्वकप सुरु हुन चार दिन मात्र बाँकी रहँदा आफ्ना इनफर्म स्ट्राइकर गुमाउनु परेपछि फ्रान्सलाई उपाधि रक्षाको अभियानमा घाटा लागेको छ।

२५ वर्षीय स्ट्राइकर एनकुन्कुले आरबी लेइपजिगका लािग १४ खेलमा १२ गोल गरेका छन्।

फ्रान्सले यसअघि नै आफ्ना महत्वपूर्ण खेलाडीहरु एनगोलो कान्टे, पाउल पोग्बा, वेल्सी फोफानालगायतले चोटकै कारण गुमाइसकेको छ। फ्रान्सले एन्कुकुको स्थानमा खेल्ने खेलाडीको घोषणा भने गरेको छैन।

समूह डी मा रहेको फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियासँग पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति: १०:१६ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्