Kathmandu Press

फुटबलमा दाजुभाइ : क्लबका सहकर्मी, विश्वकपका प्रतिस्पर्धी 

कतार विश्वकपकमा हाजार्ड दाजुभाई इडेन र थोर्गन एउटै बेल्जियमबाट खेल्दै छन् भने विलियम्स दाजुभाई इनाकी र निको फरक देशबाट खेल्दै छन्।
फुटबलमा दाजुभाइ : क्लबका सहकर्मी, विश्वकपका प्रतिस्पर्धी 

काठमाडौं, कात्तिक २९ :  विश्व फुटबलको महाकुम्भ विश्वकपको २२औं संस्करण नोभेम्बर २० बाट कतारमा सुरु हुँदैछ । पहिलो पटक जाडो मौसममा हुन लागेको विश्वकपमा सहभागी अधिकांश टिम अहिले कतार पुगिसकेका छन्।

२२ औं संस्करणसम्म आइपुग्दा थुप्रै दाजुभाईले एकैपटक विश्वकप खेलिसकेका छन्। कतिले एउटै देशबाट खेले भने केहीले फरक देशबाट। 

कतार विश्वकपकमा हाजार्ड र विलियम्स दाजुभाई सहभागी हुँदै छन् । जसमा हाजार्ड दाजुभाई इडेन र थोर्गन एउटै टिम बेल्जियमबाट खेल्दै छन् भने विलियम्स दाजुभाई इनाकी र निको फरक देशबाट विश्वकप खेल्दै छन्।

कतारमा दाजु इनाकी घानाको जर्सीमा देखिँदा भाइ निको स्पेनको जर्सीमा हुनेछन्। विश्वकपमा एकअर्काका प्रतिस्पर्धी बन्न लागेका यी विलियम्स दाजुभाई क्लब फुटबलका भने टिममेट (सहकर्मी) हुन् । दुवै स्पेनिस क्लब एथ्लेटिको विल्बाओका लागि खेल्छन्।

willims1668501688.jpg

स्पेनको बिल्बाओमा जन्मिएका २८ वर्षीय इनाकी सन् २०१४ बाट लगतार बिल्बाओका लागि खेलिरहेका छन् । लागतार २०३ लिग खेल खेल्दै खेल्दै गत वर्ष उनले कीर्तिमान पनि बनाएका थिए। ती सबै खेलमा उनी स्टार्टिङ लाइनअपमै थिए। उनले बिल्बाओका लागि ३५५ खेलमा ७८ गोल गरेका छन्।

इनाकीले राष्ट्रिय टिमबाट स्पेन र घाना दुवै बाट खेलेका छन्। स्पेनको उमेर समूहको टिममा पर्दै आएका उनले सन् २०१८मा स्पेनिस टिममा डेब्यू गरेका थिए । सन् २०१६को युरोकपको टिममा बैकल्पिक खेलाडीमा रहेका उनले २०१८ अक्टोबर १२ मा भेनेजुएलाविरुद्धको मैत्रीपूर्ण खेलेलेका थिए। उनले पुरै ९० मिनेट मैदानमा बिताएका थिए।

त्यसपछि लगातार फर्ममा रहँदा पनि स्पेनिस टिमा स्थान बनाउन नसकेपछि उनले बस्क कन्ट्रीका लागि खेले। स्पेनकै स्वयत्त बस्क कन्ट्रीबाट उनले २ खेलमात्र खेले । त्यसपछि उनी यसै वर्षदेखि घानाको राष्ट्रिय टिमबाट खेल्न थालेका हुन्। 

गत सप्टेम्बरमा भएको ब्राजिलिविरुद्धको मैत्रीपूर्ण खेलमार्फत इनाकीले घानाको टिममा डेब्यू गरेका थिए । ३–०ले पराजित भएको सो खेलमा उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। सोही महिना उनले निकारागुवाविरुद्धको मैत्रीपूर्ण खेल पनि खेले । त्यही दुई खेलमा गरेको प्रदर्शनका आधारमा उनी घानाको विश्वकप खेल्ने टिममा परेका हुन्।

२० वर्षीय निका उमेर समूह हुँदै स्पेनिस राष्ट्रिय टिममा आएका हुन्। विंगर निको अहिले निकै उत्कृष्ट फर्ममा छन्, सोही कारण प्रशिक्षक लुइस एनरिकेले उनलाई विश्वकप टिममा राखेका हुन्। नेसन्स लिगअन्तर्गत गत सेप्टेम्बरमा भएको स्वीट्जरल्यान्डविरुद्धको खेलमार्फत उनले स्पेनको सिरियन टिममा डेब्यू गरेका थिए। उनले स्पेनका लिग २ खेल खेलेका छन्।

बिल्बाओकै युथ टिमबा आएका निका सन् २०२१ बाट बिल्बाओको सिनियर टिमका नियमित सदस्य हुन् । त्यसयता उनले ५७ खेलमा ७ गोल गरेका छन् । जसमध्ये ४ गोल यसै सिजन गरेका छन्। 
 

प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, कात्तिक २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्