Kathmandu Press

वाग्मती सभ्यताको कार्यालय परिसरमा सुकुम्वासीको प्रदर्शन (तस्बिरहरू)

अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बाग्मती करिडोरका सुकुम्वासी वस्ती हटाउने चेतावनी विरुद्ध सुकुम्वासी आन्दोलित बनेका छन्। 
वाग्मती सभ्यताको कार्यालय परिसरमा सुकुम्वासीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं, कात्तिक २९ : अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बाग्मती करिडोरका सुकुम्वासी वस्ती हटाउने चेतावनी विरुद्ध सुकुम्वासी आन्दोलित बनेका छन्। 

51668492162.jpg

मंगलबार बिहान समितिको उक्त सूचना खारेज गर्न माग गर्दै शंखमुल लगायत बाग्मती करिडोरका सुकुम्वासीहरुले समितिको कार्यालय घेराउ गरेका हुन् ।   सुकुम्वासी मोर्चा र महिला एकता समाजको संयुक्त आयोजनामा समितिको कार्यालय परिसरमा नाराबाजी गरी प्रदर्शन गरिएको छ।

61668492162.jpg

प्रर्दशनमा ‘१० दिने सूचना खारेज गर’, ‘बाग्मती सभ्यता होसियार’, ‘सुकम्वासी एक हौं’ लगायतका नारा लगाइएका थिए । विभिन्न क्षेत्रका सुकुम्वासीहरु आन्दोलनमा आउने क्रम जारी रहेको र आज दिनभरी समितिको कार्यालय घेराउ गरिने आन्दोलनमा सहभागी हुकुमबहादुर लामाले बताए।

71668492162.jpg

आन्दोलनरत समूहले आफूहरुको माग सम्बोधन नभए अझै सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।समितिले शुक्रबार १० दिनभित्र वस्ती हटाउन निर्देशन दिँदै अटेर गरे समिति आफैले डोजर चलाउने चेतावनी दिएको थियो।  

31668492161.jpg

41668492161.jpg

11668492160.jpg

21668492160.jpg

प्रकाशित मिति: ११:११ बजे, मंगलबार, कात्तिक २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्