मंसिर ४ र ५ गते सार्वजनिक बिदा, मतदानस्थल रहेका विद्यालयमा २ गतेदेखि बिदा
सरकारले मंसिर ४ गतेको निर्वाचनका लागि मतदानस्थल रहेका विद्यालयमा चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
काठमाडौं, कात्तिक २९ : सरकारले मंसिर ४ गतेको निर्वाचनका लागि मतदानस्थल रहेका विद्यालयमा चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अन्य सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा भने दुई दिन मात्रै सार्वजनिक बिदा दिइने भएको छ ।
मंगलबार गृहमन्त्रालयले सूचना जारी गर्दै मतदानस्थल रहेको शिक्षण संस्था÷विद्यालयलहरुमा मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मंसिर ४ र ५ गते सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

प्रकाशित मिति: ११:३० बजे, मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











