Kathmandu Press

नेपाल युएईसँग ८४ रनले पराजित

पहिला ब्याटिङ गर्दै युएईले दिएकोृ २६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सकयो।
नेपाल युएईसँग ८४ रनले पराजित

काठमाडाैं, कात्तिक २८ : घरेलु मैदानमा जारी एकदिवसीय सिरिजको पहिलो नेपाल फराकिलो अन्तरले पराजित भएको छ । सोमबार कीर्तिपुस्थित टियू मैदानमा भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भयो।

पहिला ब्याटिङ गर्दै युएईले दिएकोृ २६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सकयो। खराब ब्याटिङ गरेको नेपालका लागि चार ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके ।

जसमा डेब्यू खेलाडी अर्जुन साउद र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय योगदान दिए। दीपेन्द्रले ८४ बलमा ६ चौका प्रहार गर्दै ५४ रन बनाउँदा अर्जुनले ७९ बलमा ५१ रन बनाए।

यस्तै, गुल्सन झाले १९, आसिफ सेखले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट हुँदा कप्तान रोहित पौडेलले १ तथा अर्का डेब्यू खेलाडी हरिशंकर साहले ८ रन बनाए। कुशल भुर्तेलले ६ रन मात्र बनाउन सके।

नेपाललाई सस्तैमा समेट्ने क्रममा डेब्यू स्पिनर आयन खानको खातक बलिङ गरे । उनले ४ १० ओभरमा ४ मेडनसहित १४ रन मात्र खर्चेर ४ विकेट लिएर यस्तै, विशाल हमिदले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो। उसका लागि मुस्ताफाले ७३ बल खेल्दै ७ चौका प्रहार गरी सर्वाधिक ५३ रन बनाए ।

यस्तै, ओपनर मुहमम्द वासिमले ४४ र वृत्य अरभिन्दले ४० रन बनाउँदा अलिशान शारफुले २९ र बसिल हमिदले १४ रन जोडे । नेपालका लागि गुल्सन झाले २ विकट लिँदा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

प्रकाशित मिति: १६:३५ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्