युएईविरुद्ध बलिङमा नेपाल, अर्जुन र हरिशंकरको डेब्यू
ताजा अवस्थामा युएई १२ ओभरमा विनाक्षति ७२ रन बनाएकाे छ। उसका भृत्या अरविन्दले २३ र माेहम्मद वासिम ४३ रनमा क्रिजमा छन्।
काठमाडाैं, कात्तिक २८ : युएईविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पहिला बलिङ गरिरहेको छ। युवा कप्तान रोहितकुमार पौडेलले टियू मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
आधिकारिक रुपमा कप्तान बनेपछि रोहितको यो पहिलो खेल हो । सन्दीप लामिछाने निलम्बनमा परेपछि रोहित नेपाली टिमको नियमित कप्तान बनेका हुन्।
यही खेलमार्फत् युवा ओपनर अर्जुन साउद र अनुभावी अलराउन्डर हरिशंकर साहले एकदिवसीयमा डेब्यू गरेका छन्। अर्जुनले केन्या टुरमा टि–२०मा डेब्यू गरेका थिए।
ताजा अवस्थामा युएई १२ ओभरमा विनाक्षति ७२ रन बनाएकाे छ। उसका भृत्या अरविन्दले २३ र माेहम्मद वासिम ४३ रनमा क्रिजमा छन्।
आईसिसी विश्वकप लिग–२ अन्तर्गतको नामिबिया भ्रमणको तयारीका लागि नेपालले युएईसँग ३ खेलको एकदिवसीय सिरिज खेलेको हो।
नेपाली टिमः आसिफ सेख, कुशल भुर्तेल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, हरिशंकर साह, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी ।











