Kathmandu Press

फुलहममाथि युनाइटेडको जित

फुलहमको घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन क्रिसियन एरिक्सन र एलेजान्ड्रले  गर्नाचोले एक–एक गोल गरे । खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलायाका थिए ।
फुलहममाथि युनाइटेडको जित

काठमाडौं, कात्तिक २८ : प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुलहमलाई हराएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले फुलहमलाई २–१ गोल अन्तरले हराएको हो ।

फुलहमको घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन क्रिसियन एरिक्सन र एलेजान्ड्रले  गर्नाचोले एक–एक गोल गरे । खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलायाका थिए । फुलहमका लागि खेलको ६१ औं मिनेटमा डानिल जेम्सले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

जितसँगै युनाइटेडले १४ खेलमा २४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । पराजित फुलहम १९ अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति: ०८:५५ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्