Kathmandu Press

शीतलहरले पश्चिम तराईकाे जनजीवन कष्टकर

धनगढी, पुस २ : चिसो मौसमको सुरुवातसँगै पश्चिम तराईमा शीतलहर सुरू भएको छ।

बाक्लो हुस्सुसँगै हावा चल्दा शीतलहर सुरु भएको हो। गत सोमबारदेखि जाड....

शीतलहरले पश्चिम तराईकाे जनजीवन कष्टकर

धनगढी, पुस २ : चिसो मौसमको सुरुवातसँगै पश्चिम तराईमा शीतलहर सुरू भएको छ।

बाक्लो हुस्सुसँगै हावा चल्दा शीतलहर सुरु भएको हो। गत सोमबारदेखि जाडो बढे पनि बुधबारदेखिको चिसो सिरेटोले जनजीवन कष्टकर बनेको छ।

Hardik ivf

कठ्याङग्रिने जाडाले सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका र मजदूर वर्गलाई असर पु¥याएको छ। शीतलहरका कारण यसवर्ष सबैभन्दा बढी चिसो मङ्गलबार र बुधबार मापन गरिएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले जनाएको छ।

चार दिन अघिसम्म अधिकतम २३ डिग्री सेल्सियस तापक्रम रहेको कैलालीमा आज न्यूनतम तापक्रम १२ डिग्री र अधिकतम १५ डिग्री सेल्सियस रहेको छ। अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडोको महसुस बढी हुने गर्दछ।

चिसोका कारण बजार क्षेत्रमा चहल पहलमा कमी आएको छ। यस्तो मौसममा कोल्ड डायरिया, निमोनियाँ, ज्वरो र रुघाखोकीका बिरामीलाई बढी सताउने हुँदा चिसोबाट जोगिन सर्वसाधारणलाई चिकित्सकले सुझाएका छन्।

केही दिन शीतलहर जारी रहेमा आलु, गोलभेडालगायतको तरकारी बालीमा डढुवा रोगको सङ्क्रमण देखिने भई नोक्सान पु¥याउने स्थानीयवासी रामकृष्ण रानाले बताए।

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, पुस २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्