Kathmandu Press

नेपालले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट आयोजना गर्ने

नेपालले पहिलोपटक विश्वकपको आयोजना गर्ने अवसर पाएको छ।
नेपालले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट आयोजना गर्ने

काठमाडौं, कात्तिक २७ : नेपालले पहिलोपटक विश्वकपको आयोजना गर्ने अवसर पाएको छ । सन् २०२७ को यु–१९ महिला विश्वकप क्रिकेटको आयोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा गर्ने भएका हुन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो ।

जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । 

सन् २०२३ को पहिलो संस्करणको यू(१९ महिला विश्वकप दक्षिण अफ्रिकामा आयोजना हुँदैछ । उक्त विश्वकपको लागि नेपाललले एसियाली क्षेत्रको छनोट खेलेको थियो । तर तेस्रो हुँदै छनोट हुन असफल भयो ।

यस्तै सन् २०२४ को यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा, २०२५ मा मलेसिया र थाइल्याण्यले आयोजना गर्ने छन् ।त्यसपछि २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुने आईसीसीले जनाएको छ ।

प्रकाशित मिति: ११:२९ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्