Kathmandu Press

टी–२० विश्वकपको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड भिड्दै

अस्ट्रेलियाको एमसीजी संगशालामा हुने खेल नेपाली समानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ। पाकिस्तान सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै फाइन प्रवेश गरेको थियो।
टी–२० विश्वकपको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड भिड्दै

काठमाडौं, कात्तिक २७ : आईसीसी टी २० विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।  

अस्ट्रेलियाको एमसीजी संगशालामा हुने खेल नेपाली समानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ। पाकिस्तान सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै फाइन प्रवेश गरेको थियो।

यस्ते, इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइलमा स्थान बनाएको थियो। पाकिस्तानले यसअघि १र१ पटक विश्वकपको उपाधि जितेका छन्।

पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई फाइनलमा हराएर विश्वकपको उपाधि जितेको थियो।  यस्तै, इङ्ल्यान्डले सन् २०१० मा अस्ट्रेलियालाई हराएर टी–२० विश्वकपको उपाधि जितेको थियो। 

प्रकाशित मिति: ०८:३१ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्