Kathmandu Press

प्रचण्ड पश्चगमनको बाटोमा लागेको वैद्यको आरोप

काठमाडौं, माघ २९ : नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संशोधनवाद....

प्रचण्ड पश्चगमनको बाटोमा लागेको वैद्यको आरोप

काठमाडौं, माघ २९ : नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संशोधनवाद हुँदै पश्चगमनको बाटो समातोको आरोप लगाएका छन् । माओवादी सशस्त्र द्वन्द्वको २४सौँ वर्ष प्रवेशको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै वैद्यले दाहालको नाम उल्लेख नगरि यस्तो आरोप लगाएका हुन् ।

“महान् जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर गएका छैनन् र तिनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेका छन्,” वैद्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हुँदै पश्चगमनको बाटो पकडे पनि सच्चा क्रान्तिकारी कम्युनिस्टहरूद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखिएको छ । हाम्रो पार्टी महान् जनयुद्धको चौबीसौं वर्ष प्रवेशको यस ऐतिहासिक अवसरमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादको सर्वोच्च आदर्श प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछ ।”

विज्ञप्तिमा भनिएको छ, “क्रान्तिको प्रक्रियामा पनि दलाल तथा नोकरशाही पूँजीवाद, साम्राज्यवाद, विस्तारवाद तथा सबैखाले प्रतिक्रियावाद र संशोधनवादद्वारा निरन्तर प्रतिक्रान्तिको प्रक्रिया जारी रहन्छ । परन्तु, ती सबैको सामना गर्दै अन्ततः माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा नेपाली क्रान्ति र विश्व क्रान्तिकै विजयसमेत्  अपरिहार्य छ ।”    

प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, माघ २९, २०७५