प्रिमियर लिगमा आर्सनलले उल्भ्सलाई हरायो
अङ्क तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलले उल्भ्सलाई २–० गोलले हराएको हो । जितसँगै आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी घटाएको छ ।
काठमाडौं, कात्तिक २७ : इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उल्भ्सलाई हराएको छ ।
अङ्क तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलले उल्भ्सलाई २–० गोलले हराएको हो । जितसँगै आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी घटाएको छ ।
आर्सनलको १४ खेलमा ३७ अङ्क छ । समान खेलमा सिटीको ३२ अङ्क छ । म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग २–१ गोलले पराजित भयो ।
जितसँगै ब्रेन्टफोर्डको १५ खेलमा १९ अङ्क भएको छ । ब्रेन्टफोर्ड १०औँ स्थानमा छ।
प्रकाशित मिति: ०७:२४ बजे, आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार