नेपालीको बानी सुधार भए २० लाख पर्यटक सजिलै आउँछन् : गभर्नर नेपाल
काठमाडौं, पुस २ : नेपालीको बानी व्यवहारमा सुधार भएमा सन् २०२० मा २० लाख पर्यटक सजिलै आउने नेपाल राष्ट्र बैकका गभर्नर डा.चिरञ्जीवी नेपालले बताएका छन्।<....

काठमाडौं, पुस २ : नेपालीको बानी व्यवहारमा सुधार भएमा सन् २०२० मा २० लाख पर्यटक सजिलै आउने नेपाल राष्ट्र बैकका गभर्नर डा.चिरञ्जीवी नेपालले बताएका छन्।
एक्सेलट्रिप ग्लोबलको नेपालमा शाखा कार्यालय विस्तार कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालमा पर्यटक आउन बाटो र पुल नै बन्नुपर्छ भन्ने हैन, हाम्रो व्यवहारमा सुधार भएमा सजिलै पर्यटक आउँछन्।’
नेपाल भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको वेला पर्यटयीय सेवा र उद्यमलाई प्रवद्वन र सशक्तिकरण गर्ने एक्सेलट्रिप ग्लोबलले नेपालमा सेवा विस्तार गरेको जनाएको छ। विश्वका १४ देशमा शाखा बिस्तार गरेको ट्रिपले चार सय वायुसेवा कम्पनी र १५ लाख होटलमार्फत संसारभर आफ्प्नो उपस्थिति जनाएको ट्रिपका सीईओ ज्ञानेन्द्र खड्काले बताए।
उनका अनुसार ट्रिपले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल पर्यटन बोर्डसँग साझेदारीसमेत गरेको छ। ‘एक्सेलट्रिप स्वदेशी तथा विदेशि व्यवसायी र ईन्जिनियर कार्यरत अनलाईन होटल तथा एयरलाईन्स बुकिङ इन्जिन हो,’ ट्रिपका को–फाउन्डर आदित्य दाहाल भने, ‘उच्चतम प्रविधि तथा बजारको माध्यमद्वारा आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रुसँग जोडिने मुख्य लक्ष्य हो।’
ट्रिपले नेपालकै स्थानिय बैकवाट जारी भएको भिसा कार्ड तथा मास्टरकार्ड (एटिएम) तथा इसेवामार्फत अन्तर्राष्ट्रिय होटल तथा उडान बुक गर्दै झन्झटरहित वैदेशिक यात्रा गर्न सहयोग पुग्ने दाहालको भनाइ छ।
सरल र सहज भुक्तानीका लागि एक्सेलट्रिपले इसेवासँग साझेदारी गरेको छ भने होटलसंगको भुक्तानी निम्ति हिमालयन र कुमारी बैंकलाई आफ्नो साझेदार बनाएको छ।
त्यसैगरी ज्ञानको दायरा विस्तार निम्ति सफ्टवारिका कलेज अफ आइटी र इ–कमर्ससँग रणनीतिक साझेदारी गरेको जनाएको छ।










-1754206481.jpg)
