Kathmandu Press

‘तपाईंहरू बहुमत दिनुस्, हामी विकास दिन्छौं’

शनिबार गैंडाकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने उनले बताए ।
‘तपाईंहरू बहुमत दिनुस्, हामी विकास दिन्छौं’
फाइल तस्बिर ।

नवलपुर, कात्तिक २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शशांक कोइरालाले सत्ता गठबन्धनलाई बहुमत दिन आग्ह गरेका छन्।

शनिबार गैंडाकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने उनले बताए ।

आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काममा खर्चिएको बताए।

यस्तै, उनले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधन हुने बताए। ‘जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको छु । चुनाव लगत्तै समस्या समाधान हुनेछ’, कोइरालाले भने।

केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको र सरकार जग्गा फिर्ता गराउन लागि परेको उनले स्पष्ट पारे।

‘उद्योग भएको स्थानमा स्थानीयसँग छलफल गरी खाली जग्गा उपभोगमा ल्याइने छ’, नउले भने, ‘रुग्ण उद्योगाका बारेमा गम्भीतापूर्वक लागि परिने छ।’

 

प्रकाशित मिति: ११:०६ बजे, शनिबार, कात्तिक २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्