सोमपाललाई टिम पर्दा प्रधानमन्त्री कपको फाइनलमा विवाद
प्रतियोगिताकै क्रममा डेंगु लागेपछि टिमबाट बाहिरिएका सोमपाललाई आर्मीले फाइलनमा टिममा राखेपछि एपिएफले त्यसको प्रतिवाद गरेको थियो।
काठमाडाैं, कात्तिक २६ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका फाइनलमा विवाद उत्पन्न भएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा ९ बजे सुरु हुने भनिएको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीचको फाइलन अझै सुरु हुन सकेको छैन ।
आर्मीले एपिएफविरुद्धको फाइलनमा सोमपाल कामीलाई समावेश गरेपछि विवाद उत्पन्न भएको थियो । प्रतियोगिताकै क्रममा डेंगु लागेपछि टिमबाट बाहिरिएका सोमपाललाई आर्मीले फाइलनमा टिममा राखेपछि एपिएफले त्यसको प्रतिवाद गरेको थियो।
आर्मीले १४ सदस्यीय टोलीका अनिल मण्डल चोटग्रस्त हुँदा उनको स्थानमा सोमपाल कामीलाई प्रतिस्थापन गर्दै प्लेइङ ११ मा राखेको थियो ।
प्रतियोगिताको सुरुआतमा पनि सोमपालको नाम आर्मीको टोलीमा थिए। तर, डेंगु संक्रमण भएपनि आर्मीले सोमपालको स्थानमा अनिल मण्डललाई टिममा राखेको थियो । फेरि फाइलनमा अनिलको ठाउँमा सोमपाललाई खेलाइएप्छि विदाद भएको हो।
आर्मीले खेलाडी परिवर्तनका लागि २४ घण्टाअघि नै निवेदन दिएपछि प्रतियोगिताको प्राविधिक समितिले स्वीकृति दिएको थियो।











