Kathmandu Press

ताप्लेजुङमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

फुङलिङ–८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १–००२र००३ ह ३९०० नम्बर अटो दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा शनिबार बिहान दुर्घटना भएको हो।
ताप्लेजुङमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

ताप्लेजुङ, कात्तिक २६ : ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्युस भएको छ।

फुङलिङ–८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १–००२र००३ ह ३९०० नम्बर अटो दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा शनिबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा पाथीभरा याङ्वर–१ नाङ्खोल्याङका करिब ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती ११ बर्षका इशान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

काठमाडौंमा उपचारको लागि जान हिंडेका ७५ वर्षीया गुरुङ घरबाट निस्कनासाथ दुर्घटनामा परेका हुन्। सो दुर्घटनामा  घाइते अटो चालक गंगाराम राईलाई गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

प्रकाशित मिति: १०:१० बजे, शनिबार, कात्तिक २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्