Kathmandu Press

आइसल्यान्डबाट फर्किइन राष्ट्रपति भण्डारी

विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् ।
आइसल्यान्डबाट फर्किइन राष्ट्रपति भण्डारी

काठमाडौं, कात्तिक २६ : राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डबाट स्वदेश फर्किएकी छिन्। राष्ट्रपति भण्डारी शनिबार आइसल्यान्डबाट बिहान काठमाडौं फर्किएकी छन् ।

ाष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरेका थिए।

विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् ।

सो सम्मेलनमा राष्ट्रपति भण्डारीलाई डब्लुपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति: १०:१५ बजे, शनिबार, कात्तिक २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्