रोहित बने नेपाली क्रिकेट टिमको नयाँ कप्तान
अब उनले घरेलु मैदानमा युएई विरुद्धको एकदिवसीय सिरिजमार्फत् आफ्नो कप्तानीकाृे यात्रा थालनी गर्ने छन्।
काठमाडाैं, कात्तिक २६ : नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानका रुपमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले रिक्त रहेको कप्तानको जिम्मेवारी रोहितलाई दिएको हो ।
बलात्कार मुद्दामा निलम्बनमा परेका सन्दीप लामिछानेको स्थानमा क्यानले रोहितलाई कप्तान बनाएको हो।
अब उनले घरेलु मैदानमा युएई विरुद्धको एकदिवसीय सिरिजमार्फत् आफ्नो कप्तानीकाृे यात्रा थालनी गर्ने छन्। यसअघि रोहितले केन्या भ्रमणका क्रममा एकदिवसीय सिरिजमा कप्तानीको भूमिका निर्वाह गरेका थिए। रोहितसँग नेपालको यू–१९ टिमको कप्तानी गरेको अनुभव पनि छ।
नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ। सिरिजका लागि क्यालने टिम पनि घोषणा गरेको छ।
टिममा ललित राजवंशी र कमलसिंह ऐरीले पुनारागमन गरेका छन् भने हरिशंकर शाहले पनि टिमा स्थान बनाएका छन्। ललित र कमल चोटका कारण लामो समयदेखि नेपाली टिमबाट बाहिर थिए।
यस्तै, उनीहरुसँगै टिममा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भीम सार्की, आदिल खान, अर्जुन साउद र गुल्सन झा पनि छन्।











