मेसीको कप्तानीमा अर्जेन्टिनी टिम घोषणा
स्कोलानीले टिममा चोटमुक्त हुने प्रयास गरिरहेका एन्जेल डि मारियादेखि पाउलो डिबालासम्मलाई राखेका छन् ।
काठमाडाैं, कात्तिक २६ : कतार विश्वकपका लागि अर्जेन्टिनाले आफ्नो टिम घोषणा गरेका छन्। मुख्य प्रशिक्षक लियोनल स्कोलानीले लियोनल मेसीको कप्तानीमा २६ सदस्यीय टिम घोषण गरेका हुन्।
स्कोलानीले टिममा चोटमुक्त हुने प्रयास गरिरहेका एन्जेल डि मारियादेखि पाउलो डिबालासम्मलाई राखेका छन् । यस्तै, युवा स्ट्राइकर जुलियन अल्भालेरजलाई पनि टिममा राख्दा उनले निकोलस ओटामेन्डी, पापु गोमेजजस्ता अनुभवी खेलाडीलाई पनि ठाउँ दिएका छन्।
यो सुपरस्टार मेसीका लागि अन्तिम विश्वकप हुन सक्छ । त्यसैले अन्तिम पटक अर्जेन्टिनाले मेसीको कप्तानीमा उपाधि जित्ने प्रयास गर्ने छ।
कतार विश्वकपमा अर्जेन्टिना समूह सीमा छ। यो समूहमा साउदी अरेबिया, पोल्यान्ड र मेक्सिको पनि छन्। उसले नोभेम्बर २२ मा साउदीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।
अर्जेन्टिनी टिम
- गोलकिपर : एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, फ्रान्को अर्मानी।
- डिफेन्डर : नाहुल मोलिना, गोन्जालो मोनिटेल, क्रिस्टियन रोमेरो, जर्मन पेजेल्लन, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस ट्याग्लिफिको, जुयन पोयथ।
- मिडफिल्डर : रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक अलिस्टर, गुइडो रोड्रिगेज, पपु गोमेज, एन्जो फर्नान्डेज, इजेक्वेल पालासिओस।
- स्ट्राइकर : एन्जल डि मारिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जाओक्विन कोरेअ, लिओनल मेसी, पाउलो डिबला।
प्रकाशित मिति: ०८:४७ बजे, शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











