Kathmandu Press

मेयर सम्पाङले दिए एमाले अध्यक्ष ओलीलाई धरानमा काेशीकाे पानी ल्याउने चुनाैती

मेयर सम्पाङले दिए एमाले अध्यक्ष ओलीलाई धरानमा काेशीकाे पानी ल्याउने चुनाैती

काठमाडाैं, कात्तिक २५ : धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई चुनाैती दिएका छन।

शुक्रबार धरानकाे चुनावी सभामा ओलीले काेशी नदीकाे पानी एमालेले मात्र धरानवासीलाई खुवाउन सक्ने अभिव्यक्ति दिएपछि मेयर सम्पाङले ओलीलाई सामाजिक सञ्जालमार्फत जवाफ दिएका हुन।

मेयर सम्पाङले ओलीकाे भनाइ शेयर गर्दै लेखेका छन, 'ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिंदा हुन्छ हाउडेले !'

मेयर सम्पाङले २ घण्टाकाे बीचमा चार भनाइहरू शेयर गर्दै अध्यक्ष ओलीलाई हाउडे, गोज्याङ्ग्रा, गफाडी, कठै बराकाे संज्ञा दिएका छन।

 

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, कात्तिक २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्