Kathmandu Press

चावहिलमा मनाइयाे चन्द्रविनायक र भैरवनाथको जात्रा

करिa ३०० वर्ष पुरानो मानिएको यो जात्रा राजा भुपालेन्द्र मल्लको शासनकालमा सुरु भएको स्थानीयवासीको विश्वास छ।
चावहिलमा मनाइयाे चन्द्रविनायक र भैरवनाथको जात्रा

काठमाडौं, कात्तिक २५ : काठमाडौंको चावहिलमा श्री चन्द्रविनायक र श्री भैरवनाथको जात्रा मनाइएको छ।

जात्राअन्तर्गत शुक्रबार सिन्दूर जात्रा गरिएको छ। करिa ३०० वर्ष पुरानो मानिएको यो जात्रा राजा भुपालेन्द्र मल्लको शासनकालमा सुरु भएको स्थानीयवासीको विश्वास छ। कात्तिक शुक्ल पूर्णिमाका दिनबाट चार दिनसम्म चावहिल क्षेत्रमा जात्रा लाग्ने गर्छ।

यो जात्रामा भैरव र गणेशको दर्शन गर्नाले मानव शरीरमा आएका घाउ खटिरा निको हुने विश्वासमा भएकाले भक्तजनको भीड लाग्ने गर्छ। मार्ग कृष्ण प्रतिपदाका दिन बिहीबार गणेश र भैरवको रथ चावहिल क्षेत्रका घर घर पुर्‍याई पूजा गरिन्छ।

मार्ग कृष्ण द्वितीयाका दिन चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरी दिनभर चावहिलका परम्परागत तथा प्राचीन बस्ती रहेको चावहिल बहाल, नाट्यश्वरी मार्ग, भगवानस्थान र मुसे गणेशस्थानमा रथ घुमाइन्छ। यसपछि चन्द्रविनायकको रथलाई पशुपतिनाथ मन्दिर परिक्रमाका लागि लगिन्छ।

मार्ग कृष्ण तृतीयाका दिन भने सिन्दूर जात्रा गरेपछि चारदिने जात्रा सम्पन्न हुन्छ। 

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, कात्तिक २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्