Kathmandu Press

 शनिबार स्वदेश फर्कँदै राष्ट्रपति भण्डारी 

 शनिबार स्वदेश फर्कँदै राष्ट्रपति भण्डारी 

काठमाडौं, कात्तिक २५ : राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै छिन्।  

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड गएका थिइन्।

गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उनले विशेष सम्बोधनसमेत गरेकी थिइन्। साथै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गरेकी थिइन्। 

राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोलि शनिबार काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ।  

प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, कात्तिक २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्