नागरिकता कानुन संशोधन दिल्लीमा फेरि हिंसा, प्रधानमन्त्री मोदीद्वारा शान्त बन्न आग्रह
काठमाडौं, पुस २ : भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्रीले नागरिकता संशोधनलाई लिएर अब राजनीति बन्द गर्न आग....

काठमाडौं, पुस २ : भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्रीले नागरिकता संशोधनलाई लिएर अब राजनीति बन्द गर्न आग्रह गरेका छन् ।
देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकतासम्बन्धी नयाँ कानूनको बचाउ गर्दै भने मोदीले नागरिकता संशोधन सोचविचार गरेर नै गरिएकोले यसमा ‘गुरिल्ला’ राजनीति बन्द गर्नु उचित हुनेछ । संशोधनपछि आएको नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा भारतको पश्चिम वङ्गाल, कलकत्ता, तामिल नाडू राज्य लगायतका शहरी क्षेत्रमा विभिन्न दलहरूसमेतको सक्रियतामा भारतीय मुसलमान समुदायले हजारौँको सङ्ख्यामा विगत केही दिनदेखि प्रदर्शनलाई जारी राखेका छन् ।
भारतीय मुसलमान समूहको सक्रियतामा भारतको राजधानी नयाँ दिल्लीमा पनि मङ्गलबार बृहत् विरोध प्रदर्शन गरिएपछि प्रधानमन्त्री मोदीद्वारा शान्ति कायम राख्न आग्रह गरेका हुन् । प्रधानमन्त्री मोदीले संशोधित नागरिकतासम्बन्धी कानूनबाट कोही पनि भारतीय नागरिक डराउनुपर्ने अवस्था नरहेको बताए । प्रधानमन्त्री मोदीले मुस्लिमहरूमा विपक्षीहरूले डर पैदा गराएको आरोपसमेत लगाएको छ भने कानूनलाई क्रियान्वयनमा लान गृहमन्त्री अमित शाह दृढ देखिए ।
केन्द्रीय गृहमन्त्री अमित शाहले विपक्षीले जतिसुकै विरोध गरे पनि कानुन लागु गराउने बताए । दिल्लीदेखि पूर्वमा रहेको सीलमपुर मुस्लिम बहुल क्षेत्रमा मङ्गलबार भएका झडपमा केही सुरक्षाकर्मीसमेत घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दिल्ली प्रहरीका संयुक्त आयुक्त आलोक कुमारले सलीमपुरको घटनामा २१ जना घाइते भएको र त्यसमा १५ जना सुरक्षाकर्मी रहेको बताए ।












