Kathmandu Press

एकै दिन १ हजार ३ सयले बढ्यो सुनको मूल्य

बिहीबार प्रतितोला रु. ९५ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९६ हजार ७ सय तोकिएको हो।
एकै दिन १ हजार ३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु. १ हजार ३ सयले बढेको छ।

बिहीबार प्रतितोला रु. ९५ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९६ हजार ७ सय तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार २ सय छ। तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९४ हजार ९ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, कात्तिक २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्