Kathmandu Press

धुलिखेलका ८ का दुई दर्जन युवा एमाले परित्याग गरि काँग्रेस प्रवेश

धुलिखेलका ८ का दुई दर्जन युवा एमाले परित्याग गरि काँग्रेस प्रवेश

धुलिखेल, कात्तिक २४ : चुनावको मुखैमा धुलिखेल ८ का युवाहरू एमाले परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका छन ।

धुलिखेल ८ बाट श्याम लामाको नेतृत्वमा दर्जन भन्द बढी नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन। श्याम थिङ, चन्द्र लामा, सिताराम तामाङ, इन्द्र बहादुर तामाङ, सचिन तामाङलगायत दुई दर्जन युवाहरू नेपाली कांग्रेस प्रवेश गरेका हुन ।

नव प्रबेशी युवाहरुलाई नेपाली कांग्रेस काभ्रेका सभापति एवं काभ्रे प्रतिनिधि सभा १ (ख) लोकतान्त्रिक – बाम गठबन्धनका साझा उम्मेदवार तिर्थ लामाले टीका र खादा लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा जिल्ला सचिव गुणराज मुक्तान, प्रतिनिधि सभा १ का सभापति दिनेश लामा, नेता इश्वरी ओझा, जिल्ला सदस्य निराजन जंगम, प्रदेश कोषाध्यक्ष रमेश लामालगायतकाे सहभागिता रहेकाे थियाे।

प्रकाशित मिति: १९:५५ बजे, बिहीबार, कात्तिक २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्