Kathmandu Press

बागलुङका छवटै सिट जित्छौँः शिक्षामन्त्री पौडेल

बागलुङका छवटै सिट जित्छौँः शिक्षामन्त्री पौडेल

बागलुङ, कात्तिक २४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरेका छन।

तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा आज आयोजित चुनावीसभामा बोल्दै उनले पाँचदलीय गठबन्धनका उम्मेदवार भारी मतान्तरसहित विजयी हुने जिकिर गरे।

'गठबन्धनका मतले मात्रै जित हासिल गर्न सकिन्छ, तर त्यतिले मात्रै पुग्दैन, अत्यधिक मतसहित गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ,' मन्त्री पौडेलले भने। उनले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गरे।

उनले मुलुकको आवश्यकताका आधारमा पाँचदलीय गठबन्धन बनेको बताए। चुनाव जितेपछि बन्ने गठबन्धनको सरकारले नै मुलुकलाई विकास, समृद्धि र स्थिरतातिर लैजाने उनको दाबी छ।

नेकपा (माओवादी केन्द्र)का सचिव पौडेल बागलुङ-२ बाट प्रनिनिधिसभा सदस्यको उम्मेदवार हुन। उनी २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए।

प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, कात्तिक २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्