Kathmandu Press

माल्दिभ्समा आगलागी, कम्तीमा १० जनाको मृत्यु

माल्दिभ्समा आगलागी, कम्तीमा १० जनाको मृत्यु

माले, कात्तिक २४ : माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा बिहीबार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

भवनको भुइँ तलामा रहेको ग्यारेजमा आगलागी भएको थियो भने भवनको पहिलो तल्लामा केही आप्रवासी कामदार रहेका थिए।

Hardik ivf

प्रहरीका अनुसार ती कामदार बङ्गलादेश, भारत र श्रीलङ्काका नागरिक हुन्।

भवनमा आगलागी भएपछि दमकल घटनास्थलमा पुगेको र आगो निभाउन केही घण्टा लागेको बताइएको छ।

फायर एन्ड रेस्क्यु सर्भिसका अनुसार घटनामा १० जनाको मृत्यु भएको छभने २८ जनालाई भवनबाट सकुशल उद्धार गरिएको छ।

उनीहरूका अनुसार भवनबाट फेला परेका शवहरू अनुहार चिन्न नसकिने गरी जलेकाले मृतकको पहिचान गर्न गाह्रो भएको बताइएको छ।  

आगलागीको कारण अझै थाहा हुन सकेको छैन। अधिकारीका अनुसार मृत्यु भएका १० जनामध्ये आठजना भारतीय, एक बङ्गलादेशी र अन्य रहेका मालदिभ्सको आभास पत्रिकाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ। मृतकमध्ये एक जनाको समाचार तयार पार्दासम्म पहिचान खुल्न सकेको छैन।

मालदिभ्सको सञ्चार स्रोतका अनुसार मृतकमध्ये अधिकांश व्यक्ति उनीहरूकै कोठा र बाथरूममा फसेका थिए।

प्रकाशित मिति: १८:२६ बजे, बिहीबार, कात्तिक २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्