Kathmandu Press

राजतन्त्र ब्युँतिदैन : नेता सिटौला

राजतन्त्र ब्युँतिदैन : नेता सिटौला

बनियानी, कात्तिक २४ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताएका छन।

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको विरोध गरेर हिँड्न नहुने बताए।

Hardik ivf

आज भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत आग्रह गरे।

उनले नेपाली काङ्ग्रेसले घोषणपत्रमा समेटेको ‘३-७३’ कार्यान्वयनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक भएको बताए। काङ्ग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षभन्दा बढी उमेर समूहका नागरिकको निःशुल्क उपचार गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।

प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, कात्तिक २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्