Kathmandu Press

सप्तरीमा आचारसंहिता विपरीतका झन्डा र ब्यानर हटाइयो

सप्तरीमा आचारसंहिता विपरीतका झन्डा र ब्यानर हटाइयो

सप्तरी, कात्तिक २३ : राजनीतिक दलहरुले आचारसंहिता विपरीत सप्तरी क्षेत्र नं २ स्थित राजविराज नगरपालिका क्षेत्रमा राखेका झन्डा, तुल, ब्यानर, झन्डाका तोरण र पोष्टर हटाउन थालेको छ।

सहरको स्वरुप नै बिग्रने गरी आचारसंहिता विपरीत प्रचार सामग्री राखिएको उजुरी बढेपछि निर्वाचन अनुगमन टोलीले ती सामग्री हटाउन थालेको हो ।

Hardik ivf

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारको चरणमा प्रवेश गर्नासाथ उम्मेदवारहरुबीच प्रचार सामग्री झुन्ड्याउन होडबाजी भएको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए। 
    
राजनीतिक दललाई आचारसंहिता विपरीतका झन्डा, ब्यानर हटाउन पटक पटक निर्देशन दिँदै सर्वदलीय बैठकमा लिखित प्रतिबद्धता गरेर नहटाएपछि अनुगमन टोलीले हटाउन थालेको सप्तरी जिल्ला अनुगमन टोली प्रमुख शरणहरि लुइँटेलले बताए। 

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, अनुमगमन अधिकृत शरणहरि लुइँटेल, जिल्ला निर्वाचन अधिकारी रमेश जोशीलगायत प्रहरीले प्रचार सामग्री हटाउन थालेको हो ।

निर्वाचन आचार संहिता २०७९ मा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ ।

प्रकाशित मिति: १४:१६ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्