Kathmandu Press

काठमाडौंमा तीव्रगतिमा सवारी चलाए १ घन्टा सचेतना कक्षा लिनुपर्ने 

काठमाडौंमा तीव्रगतिमा सवारी चलाए १ घन्टा सचेतना कक्षा लिनुपर्ने 

काठमाडौं, कात्तिक २३ : के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? होसियार रहनुस् एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन उलङ्घन गर्ने तथा सडक बत्तीको पालना नगर्ने चालकलाई ट्राफिक सचेतना कक्षा  सञ्चालन गर्दै आएको कार्यालयले आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई अनिवार्य कक्षा सञ्चालन गर्न लागेको हो ।

Hardik ivf

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भई मानवीय क्षति भएको भन्दै दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जरिवनासहित सचेतना कक्षाको व्यवस्था सुरु गर्न लागिएको जानकारी दिए। 

उनका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा तीव्र गतिका कारण तीन हजार पाँच सय ४३ र चालु आवको तीन महिनामा तीव्र गतिका कारण छ सय ४९ दुर्घटना भएको छ । आव २०७८÷७९ मा १८ हजार चार सय ४७ र चालु आवको तीन महिनामा आठ हजार पाँच सय ८४ तीव्र गतिमा चलाउने चालकलाई कारबाही गरे पनि सवारी चालकमा सचेतना कमी भएको भन्दै कक्षा सञ्चालन गर्न लागिएको प्रवक्ता भट्टले बताए। 

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्