Kathmandu Press

एकैदिन १ हजार ४ सयले बढ्यो सुनको मूल्य 

एकैदिन १ हजार ४ सयले बढ्यो सुनको मूल्य 

काठमाडौं, कात्तिक २३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ ।

अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९५ हजार चार सय तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार पाँच सय थियो।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।  

प्रकाशित मिति: १२:५८ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्