Kathmandu Press

भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको निर्देशन

भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको निर्देशन
Hardik ivf

काठमाडौं, कात्तिक २३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ  गएको   भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । 

बुधबार  एक वक्तव्य जारी गर्दै उहाँले भूकम्पबाट पीडितलाई राहत तथा पुनःस्थापनाका लागि पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग अपिल गरेका छन् । पूर्वप्रधानमन्त्री दाहालले भूकम्पमा परी घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

गएराति डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पबाट घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

प्रकाशित मिति: १२:५५ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्