कांग्रेस नेता थापाको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, कात्तिक २३ : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता एवम् प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
निमोनियाबाट ग्रसित प्रदेशमन्त्री थापाको उपचारका क्रममा आज बिहान १० बजेर ४० मिनेटमा नोबेल मेडिकल कलेजमा निधन भएको थियो।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल मार्फत मोरङ क्षेत्र नं ३ प्रदेश (१)का कांग्रेस उम्मेदवारसमेत रहेका थापाको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
प्रकाशित मिति: १२:५३ बजे, बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












